बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोनाकाे सङ्क्रमण - news24 Nepal

Wednesday, March 11, 2020

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोनाकाे सङ्क्रमण

काठमाण्डौ – बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजले आफूमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको बताएकी छिन् । 
डोरीज, कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो संसद् सदस्य हुन् । आफूमा कोरोनाको सङ्क्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् । डाेरीज काेराेना सङ्क्रमित हुने पहिलाे बेलायती सांसद बनेकी छिन् । 
कोरोनाका कारण बेलायतमा ६ जनाको ज्यान गएपछि स्वास्थ्य मन्त्री डोरीजलाई सङ्क्रमण देखिएको हो । योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ । 
बेलायतमा कोरोनाका कारण छैटौँ व्यक्तिका रुपमा एक जना ८० वर्षीय पुरुषको ज्यान गएको हो । 
स्वास्थ्य मन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित भएको बताएकी छिन् । मङ्गलबारदेखि आमालाई पनि रुघाखोकी लाग्न थालेको उनले बताइन् ।