कोरोनाबाट बच्न भन्दै मिसावट भएको रक्सी पिउँदा इरानमा ३६ जनाको ज्यान गयाे - news24 Nepal

Wednesday, March 11, 2020

कोरोनाबाट बच्न भन्दै मिसावट भएको रक्सी पिउँदा इरानमा ३६ जनाको ज्यान गयाे

इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको ज्यान गएको छ ।  
घटनामा २७० जना बिरामी परेका त्यहाँको सरकारी समाचार संस्था आइआरएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ । खुजिस्तान प्रान्तको अभाज शहरमा यो घटना भएको हो ।
कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच उनीहरुले रक्सी पिएका खबरमा उल्लेख छ । यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको पनि बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमा ५४ जनाको ज्यान गएको  छ । यो सँगै इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९१ पुगेको छ।